फागुन ७, सुनसरी । पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्रग्रेसका सभापति शेर बहादुर देउवाले आजको आवश्यकता राष्ट्रिय एकता भएको औल्याउदै आफ्नो पार्टी राष्ट्रिय एकताको खिलाफमा नरहेको बताउनु भएको छ । ७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार धरान उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
उहाले राष्ट्रिय एकता लाई जोड दिदै सबै जात जाती भाषा ,धर्म ,समुदाय, महिला लाई समान अवसर र स्थान दिए मात्र देश मा बिकास हुने बताउदै , आफ्नो पार्टी ले महिला लाई ३५ % अधिकार दिएर सह महामन्त्री सम्म बनाएको भन्दै अहिले को संबिधान ले दिएको अधिकार सबैलाई सुनिश्चित गराउनु पर्ने मा जोड दिनु भयो । २००७ देखी बिभिन्न चरन् को आन्दोलन बाट समावेशी संबिधान बनाएको र यस्को सहि कार्यन्व्यन भएमा देश समृद्धि तर्फ जाने र राष्ट्रिय एकता भएमा मात्र देश सम्पन्न हुने उहाको भनाइ थियो । भयो । प्रजातान्त्रिक अधिकार लाई कुनै पनि बहाना मा खोसिन नहुने र आफ्नो पार्टिले त्यो नमान्ने देउवाको जिकिर थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रदेश १ कि सांसद् उमिता बाराइली ले देश बिकास को लागि सत्ता पक्ष र प्रतिपक्ष मिल्नु बिकल्प नरहेको भन्दै प्रमुख अतिथी तथा प्रतिपक्ष काङ्ग्रेस सभापति देउवालाई सम्बोधन प्रतिपक्ष मिलेर बिकासको कार्यमा जुट्न आग्रह गर्दै महिला को स्थान र उपस्थिती काम रहेकोमा दुखेसो गर्दै आगामी दिनमा सबै पार्टिमा महिला को पहुच पुग्नु पर्ने मा जोड दिनु भयो । कार्यक्रमा का अर्का वक्त्ता धरान भरिका बिभिन्न दलहरुको प्रतिनिधित्व गरेर गरी नेकपा धरान का अध्यक्ष नारायण सुवेदिले शुभकामना मन्तव्य राख्नु भएको थियो । तर धरान का नेकपा निकट बिभिन्न वडाका वडाध्यक्ष तथा उपमेयर द्वारा कार्यक्रम बहिस्कार गर्दै अनुपास्थिती रहेको थियो । तर काङ्ग्रेसका केन्द्रिय नेता हरु पुर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की , पुर्व पररास्ट्रमन्त्री रामशरण महत , क्षेत्रिय सभापति , बिभिन्न नगरका नगरप्रमुख हरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम सुरुहुनु अघी नगरपालिकाको गेट बाट प्रभातफेरी र्याली निकाली पब्लिक स्कुल ,पुतली लाइन हुँदै भानुचोक पुगेर त्यहा झण्डातोल्लन गरिएको थियो । भानुचोक मा रहेको पुरानै झण्डालाई तल झारी कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाद्वारा झण्डातोल्लन गरिएको थियो । प्रभात फेरिमा धरान उपमहानगरपालिका मेयर तिलक राइ , ईलाका प्रहरी कार्यालयका डि एस पि ढुण्डिराज न्यौपाने , बिभिन्न वडाका काङ्रग्रेस निकट वडाध्यक्षहरु , बिभिन्न बिधालयका प्र अ लगायतको सहभागि रहेको थियो ।