• २०८० असोज ५ गते शुक्रवार

राष्ट्रिय प्रजातन्त्र पार्टी ले मनायो ७० औ प्रजातन्त्र दिवस

राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

फागुन ०७, कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त) कैलाली ले ७० औ प्रजातन्त्र दिवस मनाएको छ। बुधबार कैलालीको घोडाघोडी न १ सुखडमा एक कार्यक्रम आयोजना गरि ७० औ प्रजातन्त्र दिवस मनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त) कैलाली का अध्यक्ष धन बहादुर चौधरी, प्रेम बहादुर चौधरीको सभापतित्व संगै सुरु भएको कार्यक्रमका का प्रमुख अतिथी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य बिरेन्द्र बम , रामचन्द्र भट्ट रहनु भएको थियो । नेताहरुको प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र उनीहरुको स्मरण गरिएको छ ।

कार्यक्रममा अधिकांश बोल्ने नेताहरुले देशमा भष्ट्रचार मौलाएको बताए । देशका सबै स्थानीय तहमा व्यापक भष्ट्रचार भइरहेकाले यसमा जनता चनाखो हुनुपर्नै बताएका छन् । देशका लागि अहित हुने अमेरिकी प्रयोजना मिलिनियम च्यालेन्ज कार्पाैरेसन एमसिसि ल्याउने कुरामा सरकार संग कांग्रेसको मिलोमत रहेको बताए। काग्रेसले पछिल्लो समयमा प्रमुख प्रतिपक्ष्ँ भुमिका निर्वाह गर्नै नसकेको आरोप लगाए ।

१ सय ४ वर्षको जहानियँ राणा शासन अन्त्य गर्दै प्रजातन्त्र बहाली भएको दिन फागुन ७ गते अर्थात आज देश का बिभिन्न ठाउमा प्रजातन्त्र दिवसको रुपमा मनाइदै आएको छ।

प्रतिक्रिया दिनुहोस