स्रोतका अनुसार राईले चार राज्यमन्त्री नियुक्ति गर्न लागेका हुन् । उनले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री बनाउन लागेको स्रोतले जानकारी दियो । एक मन्त्रीका अनुसार आज ३ बजे सपथ ग्रहणको कार्यक्रम राखिएको छ । अहिले मुख्यमन्त्री राई राज्यमन्त्रीको जिम्मेवारीका लागि छलफलमा छन् ।