पौष ३, काठमाडौँ। आज नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले काठमाडौंमा प्रदेश १ को भेलाको आयोजना गरेको छ ।
जसका लागि जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाइएको छ । पार्टीको पछिल्लो अवस्थाबार जानकारी दिन प्रदेश १ का केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको प्रदेश १ का सचिव सुरेशकुमार राईले जानकारी दिए ।
भेला पार्टी कार्यालय पेरिसडाँडामा १ बजेका लागि बोलाइएको छ । भेलालाई कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । प्रचण्ड-नेपाल पक्षले विद्यार्थीको भेलासमेत विभिन्न प्रदेशमा गरिसकेको छ ।