• २०८१ माघ २ गते बुधवार

मन्त्री गुरुङद्वारा सञ्चार क्षेत्रको विकासका लागि सदैव अडिग रहने प्रतिवद्धता

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक २, काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले संचार क्षेत्रको बिकाशका लागी सदैब अडिग रहने प्रतिवद्धता ब्यक्त गरेका छन । पत्रकार महासंघको टोलीबीच आज भएको छलफलमा सञ्चारमन्त्री गुरुङ सो कुरा बताएका हुन ।

सफल कार्यकालको शुभकामना व्यक्त गर्न सिंहदरवार पुगेको नेपाल पत्रकार महासंघसँगको टोलीसँग उनले स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने स्पष्ट पारेका छन । सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारवाट हुनुपर्ने पहलहरुवारे महासंघको धारणा प्रस्तुत गरेको थियो ।

प्रतिनिधिमण्डलले सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार, श्रमजीवी पत्रकार र मिडिया संचालकहरुबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने स्पष्ट पार्दै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आम संचार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण, संचार क्षेत्रमा पुर्नसंरचना गरी संघीयता र समावेशिताको कार्यान्वयन एवम् कोभिड १९ का कारण संचार क्षेत्रमा सिर्जित समस्या समाधान लगायतका विषयमा धारणा प्रस्तुत गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।

मन्त्री गुरुङले महासंघसहितका सरोकार पक्षसँग छलफल र सहकार्य गरेर आफू अघि बढ्ने जानकारी दिँदै महासंघले प्रस्तुत गरेका विषयप्रति आफू सकारात्मक रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस