आश्विन २, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८५९ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ गरी ८५९ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ८ सय ७१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४३ हजार ८ सय २० जना रहेको छ । आज ७ जनाको मृ’त्यु भएसंगै मृ’त्यु हुनेको संख्या ३ सय ९० जना पुगेको छ ।