• २०८२ जेष्ठ ७ गते मङ्गलवार

उपत्यकामा आज हुने कार्यक्रमहरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
मिति २०७७/०६/०२ गते ।  उपत्यकामा आज हुने कार्यक्रमहरू
१.नेपाली काङ्ग्रेस (वी.पी.) केन्द्रिय कार्यसमितिले लौह पुरुष तथा सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंह को २३ औं स्मृति दिवसको अवसरमा उहाँको सालिकमा माल्यापन कार्यक्रम गर्ने ।
स्थान :- शान्तिवाटिका,रत्नपार्क ।
समय :- ८:३० बजे ।
२.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने ।
स्थान :- नेकपाको पार्टी कार्यलय पेरिसडाँडाँ,कोटेश्वर ।
समय :- ११:०० बजे ।
३.उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- १२:०० बजे ।
४.कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष,सिंहदरबार ।
समय :- १२:०० बजे ।
५.राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- १३:०० बजे ।
६.नेपाल विद्यार्थी संघले विद्यार्थी नेताहरुको गिरफ्तारी र पेश गरिएका झुठा मुद्दाको विरुद्ध बिशाल प्रदर्शन गर्ने ।
स्थान :- त्रिवि उपकुलपतिको कार्यालय,कीर्तिपुर ।
समय :- १३:०० बजे ।
७.हाम्रो नेपाल हामी नेपाली अभियान,भाडावाला सरोकार समाज र विभिन अभियानहरूमा आबद्ध अभियान्ताहरू,अभियान्ता हेम राज थापा लगायतको ब्यक्तिहरूको उपस्थितिमा कुलमान घिसिङको पुनः नियुक्तिको लागि जनदवाब कार्यक्रम गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १४:०० बजे ।
८.१०० ग्रुपमा आबद्ध युवाहरूले कुलमान घिसिङको पुनः नियुक्तिको लागि जनदवाब कार्यक्रम गर्ने ।
स्थान :- कोटेश्वर चोक ।
समय :- १५:०० बजे ।
९.हाम्रो नेपाल हामी नेपाली अभियानले कुलमान घिसिङ्ग को पून नियुक्तिको लागि जन दबाब स्वरूप मिति २०७७/०५/२९ गते देखि हरेक दिन ५ मिनेट बत्ति निभाएर एकेबद्धता जनाउने ।
स्थन :- देशभर ।
समय :- २०:०० बजे देखि २०:०५ बजे सम्म ।
१०.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

प्रतिक्रिया दिनुहोस