भदौ ०२ मुगु । नेपाल रेडक्रस सोसाईटि शाखा कार्यालय मुगुले १६ जना बाढि पिडित लाई राहत प्रदान गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा गत साउन १ गते देखि हाल सम्म जिल्लाका १६ जना वाढि पहिरो र घर भत्केका पिडित लाई १२ आईटमका राहत प्रदान गरेको नेपाल रेडक्रस सोसाईटि शाखा कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार प्रत्येक व्यक्ति लाई ८ हजार २ सय ८५ का दरले १२ आईटमका राहत प्रदान गरेको जनाईएको छ । संस्थाले छायानाथ रारा नगरपालिकाका केही वडाहरुमा राहत प्रदान गरेको छ , जसमा छायानाथ रारा नगरपालिका वडा नं २ का २ जना बाढि पिडित लाई १६ हजार ५ सय ७० रकम बरावरको राहत प्रदान गरिएको छ । त्यस्तै वडा नं ३ मा १ जना लाई ८ हजार ५ सय ८५ , वडा नं ५ का २ जना लाई १६ हजार ५ सय ७० , वडा नं ६ का ५ जना लाई ४२ हजार ९ सय २५ र वडा नं ७ का ४ जना लाई ३३ हजार १ सय ४० गरि जम्मा १ लाख ३३ हजार ४ सय ७० रकम बरावरको राहत प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटि शाखा कार्यालय मुगुका मन्त्री रत्नसिंह मल्लले बताए ।
गत आर्थिक वर्ष २०७६/७७ मा जिल्लाका विभिन्न प्रकारमा घटना घटेका १ सय ४९ जना बाढि पिडित लाई राहत प्रदान गरेको उनले बताए । उनले भने बाढि बाट १७ , पहिरो मा १ , आगलागिमा ५४ , हुरीबतासमा १ , गरिव तथा पिडित ६५ र वर्षातमा परेका पिडित लाई राहत वितरण गरेको मन्त्री मल्लको भनाई रहेको छ । रेडक्रसले त्रिपाल , कम्मल , बाल्टिन , जनना धोति , मर्दना धोति , कोट प्वाईन्ट , वालवालिका लाई स्कुल डे«स , भाडा सेट , रसि , पेटिकोट , र थैलौ गरि १२ प्रकारका राहत साम्रग्री प्रदान गरेको संस्थाले जनाएको छ ।
यसै बिच कार्यालयले यति मात्र नभई विश्व महमारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को संक्रमणले विश्वनै आक्रान्त भईरहेको अवस्थामा विभिन्न किसिमका क्रियाकलाप , टोल टोलमा पुगि माईकिंग मार्फत कोभिड १९ सम्बन्धि सचेतना गराईको मल्लको भनाई रहेको छ । एकातिर नेपाल सरकारले गत चैत ११ गते बाट लकडाउन अर्थात बन्दाबन्दिको जारी गरे पछि त्यस समयमा संस्थाले गरिव विपन्न, अति विपन्न घर परिवार लाई राहत प्रदान गरेको थियो । आगामि दिनहरुमा पनि यदि जिल्लामा त्यस्ता घटनाहरु घटेमा राहत प्रदानमा पछि नहट्ने मल्लले दावि गरेका छन् ।