भाद्र २ , काठमाडौँ। थप १०१६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा मात्र २०५ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जना छन् ।
यस्तै पर्सामा १२८ जना, मोरङमा १०८, सर्लाहीमा १०७, धनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, झापा र काभ्रेमा २१र२१ जना, कपिवलस्तुमा १९, सिराहा र कास्कीमा १६र१६ जना र रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बर्दियाका ९ जना, सुनसरीका ८, बाँकेका ६, दैलेखका ५, नवलपुरका ४, संखुवासभा, सप्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ३र३ जना, उदयपुर, धादिङ, दोलखा, गोरखा, तनहुँ र दार्चुलाका २र२ जना तथा खोटाङ, ओखलढुंगा, पाँचथर, सिन्धुली, लमजुङ, स्याङ्जा, दाङ, नवलपरासी, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, कैलाली र कञ्चनपुरका १र१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार आज ८५ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ५ सय ८० जना रहेको छ भने मृत्यु हुनेको संख्या ११४ जना पुगेको छ ।