• २०८१ जेष्ठ ३० गते बुधवार

मानव जीवनको भावनाले चलेका संस्थालाई पारदर्शी र जिम्मेवार बनाउनुस्ः प्रम ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २,काठमाडौँ । बालुवाटारमा आज नेपाल रेडक्रस सोसाईटीका तदर्थ समितिका पदाधिकारीहरुसँगको भेटघाटको क्रममा प्रधानमन्त्री ओलीले रेडक्रसले मानिसको जीवनलाई बचाउने महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।

मानविय जीवनको अप्ठ्यारो समयमा समेत रेडक्रसका युवाहरुले महत्वपूर्ण कामहरु गरिरहेको उल्लेख गर्दै सेवा नै धर्म हो भन्ने मान्यतालाई कसैले पनि भुल्नु नहुने बताउभनुभयो । रेडक्रस जस्तो मानव जीवनको रक्षा गर्ने संस्थालाई जोगाई राख्न तथा मानिसलाई विश्वास र भरोसोको संस्थाको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले संस्थामा आर्थिक पारदर्शिता तथा संस्थामा सेवाको भावनाले कार्यरत कर्मचारीले जनताको भावनलाई खेलवाड गर्नुनहुने बताउनुभयो ।

‘अप्ठ्यारो बेलामा समेत काम गर्न सक्ने यूवाहरूसम्म पुग्नुहोस । रक्तदान जीवनदानको भावनाले चलेको संस्थालाई पारदर्शी र जीम्मेवार बनाउनुहोस्’ भनि निर्देशन दिनुभएको कार्यक्रम पछि महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस