सारा जिवन समाज लाई फेर्न खोजे,
कुरीतिको बिरुद्धमा सदै केर्न खोजे।
दिनरात समाजिक अध्यायन गरेर त,
आफुले देखेको कुरितीहरु बेर्न खोजे
असमानता बिरुद्धकै आवाज उठाए,
बिभेदकारी शड्यन्त्र लाई घेर्न खोजे।
संसार भरीनै चलेको मुक्ति युद्ध लाई,
सक्यासम्म तन,मन,धनले टेर्न खोजे।
उठाएर जन आन्दोलन बर्गिय शंघर्ष,
देश जनताका दुश्मनलाई शेर्न खोजे।
सयौँ जात जातिकै फुल माला बनाई,
हिमाल पहाड तराई सिङ्गो हेर्न खोजे।