भदौ २,काठमाडौँ । शङ्करापुर नगपालिका साँखुमा को’रोना भाइरस सङ्क्र’मितकोे सङ्ख्या १५ पुगेको छ । उपत्यका विभिन्न ठाउँमा सङ्क्र’मितको सङ्ख्या बढेसँगै शङ्करापुरमा पनि को’रोना भाइ’रसबाट सङ्क्र’मित हुनेको सङ्ख्या बढ्दो रुपमा छ । सङ्क्र’मितहरुको होम आइसोलेसन र सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार भैरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चापागाईंले जानकारी दिए ।
नगरपालिकाले सङ्क्र’मितहरुको उपचारको लागि स्वास्थ्य शाखाको संयोजनमा सुस्मा कोइराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पतालसँग सहकार्य गर्दै आइरहेको छ । नयाँ सङ्क्र’मितको सङ्ख्या बढेसँगै नगरपालिकाले सेमि-लकडाउनको घोषणा गर्दै सवारीसाधन आवतजावत र अनावश्यक हिडँडुल गर्न कडाइ गर्दै आएको छ ।