• २०८२ बैशाख ७ गते आइतवार

काँग्रेसद्वारा बाढी–पहिरोमा उद्वार र राहत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २,काठमाडौँ । नेपाली काँग्रेसले बाढी–पहिरोमा उद्वार र राहतका लागि पहिलो चरणमा ३० जिल्लामा सहयोग गरेको छ ।काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विभिन्न स्थानमा बाढी–पहिरोले जनधनको क्षति भएकोमा काँग्रेसले आफ्नो तर्फबाट सहयोग गरेको हो ।

लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा,ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्की जिल्लामा नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट ४५ लाख सहयोग स्वरुप १ लाख ५० हजारका दरले रकम दिने निर्णय भएको उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस