• २०८१ जेष्ठ ३० गते बुधवार

क्यानडाका अर्थमन्त्री मोर्नीद्वारा राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २ ,टोरन्टो । क्यानडाका अर्थमन्त्री बिल मोर्नीलेआफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि उनले राजीनामा दिएको बताइएको छ ।प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै आँच आउने अवस्था सिर्जना भएपछि उनले मन्त्री सहित साँसद पदबाट पनि राजीनामा दिएको समाचारमा जनाइएको छ ।

मन्त्री मोर्नीले आफूले विभिन्न भ्रमणका क्रममा डब्लुई च्यारिटीबाट यातायात खर्च बुझेको स्वीकार गरेका छन । उनले संवाददाताहरुलाई भने, “म क्यानडाको अर्थमन्त्री र सांसद पद दुबैबाट राजीनामा दिँदैछु ।” –एएनआई

प्रतिक्रिया दिनुहोस