भाद्र २ ,काठमाडौँ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।
निर्णयहरूः
१) कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न सिसिएमसीलाई निर्देशन दिने । सिसिएमसी बैठकले योजनासहितको प्रतिवेदन ल्याएपछि त्यस विषयमा छलफल गरेर मन्त्रि परिषद्बाट निर्णय लिने,
२) परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारी, गेहेन्द्र राजभण्डारी, रामकाजी खड्कालाई राजदूतमा सिफारिस गर्ने ।
३) युवा तथा साना स्वरोजगार कोषको उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने ।
४) प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा पोखराका पत्रकार दुर्गा भण्डारी लाई नियुक्त गर्ने ।
५) बाढी पहिरोमा परी ज्यान गुमाउनेलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको सरकारले उपचार गर्ने । घाइते सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्ने ।
नोट कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीद्वारा सबै उद्धार उडान रद्द गर्न विदेशस्थित दूतावासहरुलाई निर्देशन ।