• २०८० फाल्गुन ११ गते शुक्रवार

बाढि पहिरो पिडीतलाई सहयोग गर्न प्रतिवद्ध : नेता के.सि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, काठमाडौं ।  नुवाकोट काङ्ग्रेस जिल्ला सभापति जगदिश्वोर नरसिंह केसीले स्थानियबासीको दुखेसो सुनि बाढी पहिरो गएको ठाउँमा आएर तत्काल केन्द्र, प्रदेश तथा स्थानिय तहलाई केही रकम तथा राहातको लागि पनि पहल गर्ने जनाएका छन् । नुवाकोटमा बाढीले वितन्डा मच्चाउँदा विदुर नगरपालिका वडा नम्बर १० गेर्खुखोलाको एक दर्जनभन्दा बढी घर जोखिममा परेको छ भने सयौ रोपनी धानबालीमा क्षति पुर्‍याएको छ।

बिदुर १० का स्थानिय त्रसित भएका छन् । स्थानिय अशोक धमलाका अनुसार बस्तीमा पात्ले खोलाको बाढी पसेपछि एक दर्जनभन्दा बढी घरका स्थानियहरुले पशुचौपायलाई समेत सुरक्षित स्थानमा राखेका छन । बाढीले क्षति पुर्‍याएको स्थानको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापा लगायत पुगेका थिए । यसअघि पनि पात्ले खोलामा आएको बाढीले पटकपटक स्थानियहरुलाई दुख दिएपनि सम्बन्धित निकायले भने समस्या समाधानको लागि पहल नगरेको भन्दै स्थानियबासीले दुखेसो पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस