भदौ २,एजेन्सी । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ ।फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ । जमिनको सतहबाट करिब २१ किलोमिटर गहिराईमा आएको उक्त भूकम्पको केन्द्रविन्दु काटाइगान तटीय क्षेत्रनजिक रहेको थियो ।
मास्बेट प्रान्तीय प्रशासक रिनो रिभालोले काटाइगानमा सडकहरुमा धाँजा फाटेको तथा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए । प्रभावित क्षेत्रहरुमा प्रहरी, सेना र अन्य उद्धारकर्मीहरु परिचालन भइसकेको बताइएको छ ।