भाद्र २ , काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या ९४५ जना पुगेको छ । नेपाल प्रहरीका ६५४ र सशस्त्र प्रहरीका २९१ जना गरी ९४५ जनामा कोरोना संक्रमण पाइएको हो ।
प्रहरीका २५४ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १२६ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल ४०० जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रहरी प्रधान कार्यालयकै १६३, काठमाडौं उपत्यकाका ३६, प्रदेश १ का २५, प्रदेश २ का ४३, वाग्मती प्रदेशका ४२, गण्डकी प्रदेशका २३, प्रदेश ५ का ५७, कर्णाली प्रदेशका ६ र सुदूरपश्चिम प्रदेशका ५ जना सक्रिय संक्रमित छन् ।
यस्तै सशस्त्र प्रहरीतर्फ १५५ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रदेश १ का ३२, प्रदेश २ का ४४, वाग्मती प्रदेशका ६१ र प्रदेश ५ का १८ जना संक्रमित उपचारमा छन् ।