भदौ २, नवलपरासी । बौद्ध सर्किट नि भएको र त्रिबेणी हुदै लुम्विनी सम्म धार्मक पर्यटकहरु अधिक मात्रामा यही बाटो हुदै यात्र गर्ने हुदा सुनवल क्षेत्रलाई लुम्विनी सग जोडेर विकास गर्ने सोचका साथ यो योजना अगाडी बढाइएको छ । लुम्विनी जाने पर्यटकलाई एक रात भए पनि सुनवलमा रोक्न सक्ने भएकाले पार्क निमार्ण काम अगाडी बढाईएको नगरपालिकाले जनाएको छ । सुनवल नगरपालिकाको गौरबकै योजना रहेको छ। सुनवल नगरपालिकालाई नगरपालिकाको मात्र नभई प्रदेश नबर ५ कै नमुना बनाउनका लागि र पर्यटकिय क्षेत्रको नि सम्भवना रहेको छ ।
त्यस्तै गरि महलपखोरीलाई होम स्टेय नि बनाउने तयारी चलिरहेको छ । नगरपालिकाको गौरबको योजना रुपमा रहेको यस पार्क निर्माणले सुनवल क्षेत्रलाइ राष्टिय स्तरमै चिनाउन सक्ने अपेक्षा राखिएको छ । २५ करोडको गुरु लागतको योजना सहीत निर्माण आरामभ गरिने पार्क निर्माण १५ बर्षमा सकिने छ । निर्माण पुरा भए पछि पार्कको आम्दानीले पार्क भित्र ब्यबस्थित तबरले संचालन हुने गरि योजना तयार गरिने छ । पार्क स्पोटमा पिक्निङ्ग स्पोट, खेल स्पोट, युवाहरुको लागि ओपन जीम स्पोट, चिलेन पार्क लगाएत का समंचना निर्माण गरिने गरि बहु उपयोगि योजना सहित डिपियार तयार गरेको नगरपालिकाले जनाएको छ । पार्क एरिया भित्र भिउ टावर , ठुलो बुद्धको मुर्ति को नि स्थापना गरिने छ ।
पार्क निर्माणले बातावरणको समक्षणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । नेपाल बाहेक भारतिय पर्यटकलाई समेत आकशर्ण गर्ने योजना पालिकाको रहेको छ । नगरपालिकाले जनता सग जोडिने नगद सहयोग गर्नेलाइ उचित स्थान दिने गरि प्रकृया अगाडी बढाएको छ ।