• २०८१ माघ ८ गते मङ्गलवार

नवलपरासी समाचारदातालाई सामाजिक सञ्जालका धम्की

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, नवलपरासी । खबर24नेपाल नवलपरासीका समाचारदातालाई आफ्नो अनुकुल समाचार नलेखेको आरोपमा समाजिक सञ्जालमा धम्कीपुर्ण मेसेज आएको छ । विगत ७र८ बर्षदेखि नवलपरासीमा रहेर पत्रकारीता गर्दै आएका विमल भट्टराईलाई यस्तो मेसेज आएकाे हो ।

दर्पण पोष्टका अध्यक्ष समेत रहेका उनलाई “के पत्रकारीता गर्छौ”, “नामको मात्र पत्रकार” जस्ता आरोप लगाउर्दै आफु अनुकुलको समाचार सम्प्रेषण नगरेकोमा यस्तो किसिमको मेसेज आएको हो । पत्रकार भनेको कसैको गुलाम गर्नलाई होईन समाजमा सुचना प्रभाव गर्नको लागि बनिएको हुन्छ भन्दै यस्तो शब्द प्रयोग गरेर धम्कि दिदैमा आफ्नो काममा असर नपर्ने भट्टराईले बताउनु भयो । उनिहरुको समाचार लेख्न ढिलाई हुदा यस्तो म्यासेज रहेको भट्टराईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस