भदौ २,चितवन । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनमा नै बस्दै आएका ४६ जना र विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको गणमा ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।
जसमा ४० पुरुष र २ महिला छन् ।भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट नमूना संकलन गरिएको थियो । भरतपुर सेन्ट्रल हस्पिटलका तीन जना नर्ससहित पाँच संक्रमित छन् । दुई जना सफाइ गर्ने सहयोगी हुन् ।सोमबार परीक्षण गरिएका ३५५ नमुनामध्ये ३०५ वटा नमुनाको नेगेटिभ रिपोर्ट आएको छ ।चितवनमा ४६ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५५ पुगेको छ ।