• २०८१ असार ९ गते शनिवार

जंगली च्याउ खाँदा दाजुभाइको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २,प्यूठान । प्यूठानमा जंगली च्याउको तरकारी खाएका दाजुभाइको मृत्यु भएको छ भने बुबाआमा र अर्का छोरा बिरामी परेका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार नौबहिनी गाउँपालिका-६ बाहनेका ३३ वर्षका विष्णु घर्तीका छोराहरु १३ वर्षका सुगम र १५ वर्षका सुरेशको जंगली च्याउको तरकारी खाएकाले मृत्यु भएको हो ।

जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी भएका विष्णुसहित उनकी ३० वर्षकी श्रीमती लीला र १७ वर्षका छोरा शशीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस