भदौ २,काभ्रे । धुजिल्ला स्वास्थ्य कार्यालयका अनुसार धुलिखेल नगरपालिका वडा नं ७ घर भई धुलिखेल अस्पतालमा कोरोनाको उपचारत ९८ बर्षीय बृद्धको मृत्यु भएको हो ।मृतकको साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा उपचारकै क्रममा बृद्धको मंगलबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले पुष्टि गरेका छन ।
बृद्धको परिवारमा छोरा र बुहारीमासमेत कोरोना संक्रमण देखिएको छ ।