• २०८१ माघ ११ गते शुक्रवार

सांसद डा. अधिकारीद्वारा सडक कालोपत्रे आयोजनाको लागि रु १५ करोड बिनियोजन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, काठमाडौं । नेकपा नेता तथा बागमती प्रदेश सांसद डा. रामकुमार अधिकारिको विशेष पहलमा आफ्नो निर्बाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत पाल्पाभन्ज्याङ-साध भन्ज्याङ सडक आयोजना पक्कि कालोपत्रेको लागि रु १५ करोड रुपैया बिनियोजन गर्नु भएको छ।

कच्ची सडकको कारण बर्खायाममा यातायात संचालन प्रभावित बन्ने गरेको र स्थानिय जनताहरुले हिडडुल तथा ढुवानी गर्न पनि सास्ती भोग्नु परेको भन्ने जन गुनासोलाई सम्बोधन गर्दै उक्त सडक कालोपत्रे आयोजना छनोट गरिएको सांसद अधिकारीको स्वकीय सचिब टिकाराम नेपालीले जानकारी दिनु भएको हो।

चुनाबमा एक घर एक धारा कार्यक्रम बाचा क्रमस पूरा गर्दै गरेकाले स्थानियबाट स्याबासी पाउनु भएका अधिकारिले सडक कालोपत्रे आयोजनाको लागि पनि रकम विनियोजन गरेपछि ज्वालामुखी गाउपालिका धादिङ्गका स्थानियहरुद्वारा सांसद अधिकारीलाई धन्यवाद दिदै खुसि ब्यक्त गरेका छन।

 

 

प्रतिक्रिया दिनुहोस