• २०८१ जेष्ठ ३० गते बुधवार

बाग्मती प्रदेशको उपसभामुखलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ०२, काठमाडौं । हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालामा भएके कोरोना परिक्षणमा बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना सङ्क्रमण देखिएको छ। प्रादेशिक प्रयोगशालाको रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि भएको हो।

मकवानपुरमा कोरोना फैलिँदै गएपछि तीन दिनअघि उपसभामुख तामाङको स्वाब लिइएको थियो। त्यसअघि लिइएको स्वाबबाट पनि रिपोर्ट शंकास्पद आएपछि फेरि परीक्षण गरिएको थियो। सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडास्थित सरकारी आवासमा सेल्फ आइसोलेशनमा रहेकी छन्। तामाङसँगै उनका छोरामा पनि कोरोना देखिएको छ ।

उपसभामुख तामाङमा सामन्य रुघाखोकी देखिए पनि अन्य समस्या नभएको र आफूसँग सम्पर्कमा आएका सबैलाई जानकारी गराउँदै सबैलाई सतर्क रहन आग्रह गरेको तामाङको स्वकीय सचिव एलिसा थापाले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस