• २०८१ जेष्ठ ४ गते शुक्रवार

कैलालीमा दुई छोरी माथि बाबुले बलात्कार गरेको आरोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३, कैलाली । कैलालीमा दुई छोरी माथि बाबुले बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको घोडाघोडी नगरपालिकाका दुई किशोरी माथि आफ्नै बुवाले बलात्कार गरेको आरोप लागेको छ ।

१४ र १६ वर्षीय दुई छोरीलाई बलात्कार गरेको आरोप लागेको ती व्यक्ति अहिले फरार रहेको ईलाका प्रहरी कार्यलय सुखडका प्रमुख हरिश्ररण भट्ट जानकारी दिए। पीडित बालिकाको आमा केहि बर्ष देखि वैदेशिक रोजगारीमा रहेको प्रहरीले बताएको छ । पीडित बालिकाको तर्फबाट संरक्षक बस्ने केहि नभएपछि दुवै बालिकालाई ओरेक नेपालको जिम्मा लगाइएको प्रहरीले बताए । इलाका प्रहरी कार्यालय सम्म पुगेको बिषय प्रहरीले संरक्षक नभएको भन्दै जाहेरी नलिएपछि अब आइतबार जाहेरी दर्ता हुने ओरेक नेपालले बताएको छ ।

उनले आफूलाई प्रहरीले बालिका बलात्कृत भएको सूचना दिएको बताइन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस