• २०८१ जेष्ठ १० गते बिहिवार

एम्बुलेन्स ग्यारेजमा थन्किदा विरामीलाई मर्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण ३, कंचनपुर । कंचनपुरको शुक्लाफाँटा नगरपालिकामा एक महिनै देखि एम्बुलेन्स ग्यारेजमा थन्किएको छ । एम्बुलेन्स संचालनमा नहुदा विरामीहरुले निकै तनाव झेल्नु परिरहेको छ ।

शुक्लाफाँटा नगरपालिका वडा नं.४ मा रहेको पिपलाडी स्वास्थ्य चौकिको उक्त एम्बुलेन्स शुक्लाफाँटा नगरपालिकाले कोरोनालाई मध्यनजर गर्दै विरामी ओसार पोसार एवम स्वाव संकलन गरी धनगढीको सेती प्रादेशीक अस्पताल जाने काम गर्दै आएको थियो । यसरी वोक्ने काममा प्रयोग हुँदै आएको एम्बुलेन्स शुक्लाफाँटा नगरपालिकावाट स्वाव लियर धनगढी अस्पताल जाने क्रममा एम्बुलेन्स धनगढीमा दुर्घटना भएको थियो ।

सर्वसाधारण नागरिकलाई स्वास्थ सेवा प्रदान गर्ने एम्बुलेन्स एक महिना भन्दा बढी समय सम्म ग्यारेजमा थन्किदा समेत सम्बन्धीत सरोकारवाला निकाय वेखवर रही गैरजिम्मेवारपन देखिएको नागरिक सुशासन समाजका अध्यक्ष वीर वहादुर वोहराले बताए । नागरिकको स्वास्थ्य संम्वेदनशिलता जस्तो विषयलाई प्राथमिक्तामा राख्नुको साटो गम्भीर लापरबाही भईरहेको छ । एम्बुलेन्स मर्मत नहुदा सयौको संख्यामा विरामीहरुले एम्बुलेन्स सेवावाट वन्चित हुनु परेको प्रती नागरिक सुशासन समाजको गम्भीरता ध्यानाकर्षण भएको समेत अध्यक्ष वोहराले बताए ।

यसैगरि शुक्लाफाँटा नगरपालिका वडा नं २ का वडा अध्यक्ष तथा नगरपालिकाका सामाजिक विकास समिति संयोजक शिवराज पनेरुले एम्बुलेन्स जस्तो संम्वेदनशिल साधन समयमै मर्मत गरेर संचालन गर्न नसक्नुमा नगरपालिका हदै सम्म चुकेको स्विकार गरेका छन । अवको २/३ दिनभित्रमा मर्मत गरेर एम्बुलेन्स संचालनमा ल्याउन पहल गरिने वडा अध्यक्ष पनेरूले वताए । अन्तत नगरपालिकाका केही कर्मचारीहरुको स्वार्थका कारण पनि एम्बुलेन्स मर्मतमा जानी जानी ढिलाई गरेको प्रष्टै देख्न र बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस