• २०८१ माघ ८ गते मङ्गलवार

हामी र हाम्रो गन्तव्य

खिमराज गिरी पढ्न लाग्ने समय : ६ मिनेट

कुनैपनि देशको समस्या त्यो देशको आकारले भन्दा पनि सार्वभौमिकताको सोचले वलियो बनाउने हो । नेपालको लिपुलेक क्षेत्रको नाका प्रयोग गर्ने सम्बन्धमा भारत र चीनबीच भएको सम्झौताको विरुद्धमा नेपालको तर्फबाट कुटनीतिक नोट थमाउनु भएका हाल चीनको लागि नेपाली राजदुत महेन्द्रबहादुर पाण्डेका अनुसार हामीले ८० को दशकको चीन र ६० को दशकको भारतलाई मात्र हेर्ने होइन कि हामीले त त्यसबाट पाठ सिक्ने हो ।

माक्र्सको किताव पढ्दैमा कम्युनिष्ट भैहाल्ने होइन न कि न्युयोर्कमा पढ्दैमा क्यापिटालिष्ट बनिहाल्नुपर्दछ भन्ने पनि छैन । गन्तव्यमा लम्किदै जाँदा कयौं ठाउँमा राजनेताहरुको मन्तव्य सुनियो तर जवसम्म आचरणमा सुद्धता र कार्य व्यवहारमा प्रतिवद्धता हुँदैन तवसम्म हामीले हाम्रो सहि मार्ग पहिल्याउन सक्दैनौ । देशमा जुनसुकै पार्टीको सरकार भएपनि भारतको जस्तै विदेस नीति एउटै हुनुपर्दछ । भारत दक्षिण एसियामा सबभन्दा ठूलो र शक्तिसाली राष्ट्र हो र यसको वरीपरीका छिमेकीहरुसँगको सम्बन्ध पनि त्यति प्रगाढरुपमा अगाडि वढेको पाइँदैन । बंगलादेशको सीमा विवादको समस्या समाधान भएपश्चात् पाकिस्तानसँग कश्मिर विवादलाई लिएर धेरै समयदेखि दुवै देशवीच बैमनश्यता कायम रहँदै आएको छ ।

त्यस्तै नेपाल भारतको सम्बन्ध पनि भन्नलाई रोटी बेटीको भनिएता पनि भारतले नेपाललाई हेर्ने दृष्टिकोण सँधै छोटे भाइको जस्तै भएको पाइन्छ । उता लद्याखको विषयलाई लिएर गत महिना मात्र चीन र भारतबीच लडाइँ नै पर्यो । लभगभ २० जना भारतीय सैनिक मारिए । भुटानको कुरा गर्ने हो भने त वाहिर देखावटीरुपमा भुटान स्वतन्त्र राष्ट्र भनिएतापनि भित्रीरुपमा भारतले सत्तामा भएको शक्तिलाई आफ्नो वसमा पारिसकेको छ । संसारमै छिटो आर्थिक, साँस्कृतिक सामाजिक रुपले परिवर्तन भएको मुलुक चीन हो । चीन विश्व अर्थतन्त्रमा दोश्रो र वैदेसिक लगानीमा पहिलो नम्वरमा आउँछ भने भारत पनि बेलायतको उपनिवेसबाट छुट्कारा पाएपश्चात् विकासको गतिमा अगाडि वढेको देखिन्छ तर उसले छिमेकीलाई हेर्ने दृष्टिकोणमा भने कहिल्यै सुधार गर्न सकेन त्यसैकारण नै आज उ हरेक छिमेकीको मार खेपिरहेको छ । पाकिस्तान, चीन, नेपाल, बंगलादेस आदि छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध खासै राम्रो नभएको कारण भारत सच्चिनुको विकल्प छैन । तसर्थ नेपाल भारतको सीमा विषयलाई लिएर विभिन्न विज्ञहरुको धारणा फरक फरक पाइएतापनि तथ्यहरुका आधारमा सत्य खोज्ने हो भने आजको अवस्थामा स्थापित तथ्य भनेको नेपाल भारतको सीमा सम्बन्धमा सुगौली सन्धी नै काफि छ ।

यसरी प्राचिन कालको आदम स्मिथको किताव पढ्दैमा हामी अमेरिकन हुनैपर्दछ भन्ने होइन, माक्र्सको किताव पढ्दैमा माक्र्सवादी हुनैपर्दछ भन्ने पनि होइन । वल्की ज्ञान र विज्ञानको भण्डार अथाह छ । मानिस एक सामाजिक प्राणी हो, समाजमा बसेपछि विभिन्न देसका धर्म, संस्कृति, संस्कार, परम्परा, रीतिरिवाज, चालचलन, भेष भुषा, खान पान, एक अर्कामा गरिने व्यबहार, आचरण आदिवारे जानकारी लिनूपर्दछ र राम्रा कुराहरु चाहे जुनसुकै वाद या सिद्धान्तका भएपनि अनुसरण गर्न सकिन्छ भने नराम्रा कुराहरु रहेछन भने त्यसवाट समाजमा अन्यत्र पनि त्यसको प्रभाव नपैmलियोस भनि जनचेतना पैmलाउने कार्य गर्नुपर्दछ । जस्तो कि धर्म शास्त्रनुसार मुस्लिमको कुरान, हिन्दुको पुराण, क्रिश्चियनको बाइवल नै मुख्य धार्मिक ग्रन्थकोरुपमा देखिएका र आप्mनो धार्मिक मान्यतालाई अनुसरण कसरी गर्ने भन्ने कुराहरु पनि लेखिएका छन् । आज संसारमा मुस्लिम धर्मावलम्वीहरुको नीतिनुरुप परिवार संख्या बढाउनु नै पहिलो प्राथामिकतामा परेको छ । उनीहरुको संस्कार अनुसार महिलामा केहि विभेदको स्थिति छ । एकजना पुरुषले चार जनासम्म महिला विवाह गर्न पाउँदछ । त्यो उनीहरुको कानुनमा नै लेखिएको छ । अझ कट्टर मुश्लिम धर्म मान्ने मुलुक साउदी अरब, अफगानिस्तान, इरान, इराक, पाकिस्तान आदि देशहरुमा अझ खासगरी अफगानिस्तानमा त छोरा पाउँदा रुन्छन् र छोरी पाउँदा केहि खुशिको अनुभव गर्दछन् किनकी त्यहाँको चलन अनुसार छोरीको भन्दा छोराको विवाह गर्नको लागि केहि रकम वढी खर्च गनैपर्दछ । उनीहरुको नियमनुसार कुनैपनि केटीसँग विवाह गर्नुपर्यो भने सवभन्दा पहिला केटीपक्षका वुवा आमासँग केटापक्षका व्यक्तिहरुले कति रुपैया दिने हो त्यसको मञ्जुरीनामा गराएर मात्र वैवाहिक सम्बन्धको लागि तयार हुन्छन् । केटापक्षबाट न्युनतम सर्तअनुसार नगद रुपियाँ दिनको लागि तयार हुनैपर्दछ । यदि केटा गरीव रहेछ भने सायद जीवनमा वैवाहिक सम्वन्ध जोड्नको लागि केहि असहज नै हुन्छ केवल गरीवताको कारणले । त्यसैले जति धेरै छोरीहरु जन्मिए उति धेरै खुशि हुन्छन् वुवा आमा । अझ अफगानिस्तानको अर्को रोचक प्रसङ्ग त यदि वलात्कारी केसमा कुनैपनि नैसियत दिनपर्यो भने समाज जम्मा हुन्छ र दोषीलाई चौरको विचमा राखि चारतिरबाट ढुंगाले हिर्काइ हिर्काइ मारिदिन्छन् नै । यो उनीहरुको परम्परादेखि चलिआएको चलन हो । उनीहरुको संस्कार अनुसार केटी मानिसहरुले कुनैपनि परपुरुषको अनुहारसम्म पनि हेर्न नहुने, पतिको सेवा अति नै गर्नुपर्ने, धनाढ्या व्यक्तिले चारवटासम्म विवाह गर्न सक्ने, तर गरीव भने जीवनभर गरीवताको कारणले वैवाहिक जीवनमा वाँधिन नसक्ने, शत्रुलाई जति धेरै मार्न सकिन्छ त्यति नै अल्लाह खुशि हुन्छन र यो जुनी त व्यर्थको हो यहाँ वैरीहरुलाई सफाय दिइयो भने अर्को जीवन माथि अल्लाहले तयार पारेर राखेका हुन्छन् भन्ने धारणा विकास भएको कारणले नै मुश्लिमहरुमा वढी आत्मघाती वम विष्फोट गर्ने चलन ज्यादा भएको हो ।

तर हिन्दु धर्म यसको ठीक विपरीत छ । मुश्लिमको कुराणमा उल्लेख भएअनुसार अल्लाहलाई खुशि पार्न सक्यो भने जीवनको सार्थकता त्यहिँ नै झल्कन्छ र उनलाई खुशि पार्न शत्रुको सफाय भन्ने अवधारणा भएजस्तै हिन्दु धर्म ठीक त्यसको विपरीत छ । हिन्दु धर्ममा हामीहरुका देवी देवता धेरै छन्, चाडवाड बढी भएकोले विभिन्न देवी देवताको नाममा पशुवली चढाउने प्रथा विद्यमान छ र यस्ता परम्परागत विकृतिलाई समयनुसार परिमार्जन गर्दै लैजानुपर्ने आजको आवश्यकता पनि हो ।

भनिन्छ नि, खासगरी भाग्य एक किसिमको बजार हो, जहाँ पर्खिरहँदा यसको भाउ घट्न सक्छ त्यसैले भाग्यको भर कदापी नपरौं, संधै मिहिनेत र परिश्रम गर्ने वानी वसालौं तवमात्र जीवनमा अलौलिक सफलता हात पार्न सकिन्छ । दैनिक विहान सवेरै उठ्ने, आप्mनो नित्य कर्म गरिसकेर कम्सेकम आधा घण्टा भनेपनि हिड्ने, शारीरिक व्यायम गर्ने, घरमा आएर सरसफाई गरी केहि समय योगाभ्यास गर्ने, खाजा नास्ता चिया खाने, साथी भाई इष्ट मित्रजनहरुमा फोन गर्ने, आराम सन्चो विसन्चोको वारेमा सोधपुछ गर्ने, त्यसपछि आप्mनो दिनको समय तालिकानुसार नित्य कर्मतिर लाग्ने सोच वनाउँने । दिनको समयमा कामपश्चात् बेलुकी घरमा आउँदा बेलुकाको लागि तरकारी या फलफुल लिएर आउने, घरायसी काममा पनि श्रीमतीलाई सघाउने, वेलुका खाना खाँदा सवपरिवार सँगै बसि खाने र खानापश्चात् केहि समय दिनभरीको घटनाकमलाई लिएर पारिवारिक भलाकुसारी गर्ने, परिवारमा कसैप्रति केहि समस्याहरु छन्भने एकापसमा सर सल्लाह गर्ने, समाधानको उपाए निकाल्ने, खर्चमा मितव्ययिता अप्नाउने, अर्काको नकारात्मक कुरा नकाट्ने, छोरा छोरीलाई सँधै सकारात्मक हुन सिकाउने, यदि बाबु आमा असल हने हो भने छोरा छोरीहरु प्नि असल नै हुन्छन् अपवादबाहेक त्यसको लागि घर परिवारमा जुन र जस्तो संस्कारमा हुर्किने वातावरण सिर्जना गरिएको छ त्यहि अनुसारको संस्कार वस्दछ । एउटा घर परिवारमा भएको असल संस्कारले समाजलाई पनि सकारात्मक प्रभाव पार्दछ । तसर्थ केहि समयपश्चात् भोलीको योजना वनाउने, को कता जाने, कसको योजना के छ त्यो पनि सुन्ने र मनन गर्ने , अध्ययन गर्ने, विभिन्न विधामा अध्ययन गर्दा दिमागमा सोच्ने शक्तिको विकास हुन्छ । दिनभरीको थकानबाट पनि मूक्ति पाइन्छ । केहि समय समाचार सुन्ने देस विदेसमा घटेका महत्वपूर्ण घटनाहरुलाई आप्mनो नोटमा कैद गर्ने आदि इत्यादि काम नै हाम्रो नित्य कर्म हो ।

आफुले जहिले पनि आफुभन्दा माथिको लेवललाई हेर्ने होइन कि जहिले पनि तलको लेवललाई हेर्नुपर्दछ । अरु घोडा चढे भन्दैमा आफु कदापी धुरी चढ्ने बानी वसाल्नु हुँदैन । धेरै महत्वकाँक्षी र घमण्डी पनि हुनुहुँदैन, भनिन्छ नि घमण्डले नै मानिसलाई महत्वकाँक्षी वनाउँछ र जुन मानिस महत्वकाँक्षी हुन्छ त्यो मानिसको जीवन संधै चंचल हुन्छ, चंचल मन हुने मानिसले कहिल्यै सहि निर्णय गर्न सक्दैन । यदि कुनैपनि मानिसले सहि निर्णय गर्न सक्दैन भने उसँग आश्रित परिवारको गन्तव्य झन कता मोडिन्छ होला त आपैm विचार गर्नुहोस् त ? त्यसैले विकृति र विसंगतिले भरिएको मानिसहरुको दुश्चरित्रले नै आज हाम्रो जस्तो अविकशित नेपाली समाज कता गइरहेको छ हामी आपैmलाई थाह छैन, किनकी बिकृति रहेको समाजमा कानुनले गरिवमाथि र धनीले कानुनमाथि शासन गर्छ भन्ने गोल्डस्मिथको भनाई पनि आज सार्थकतामा परिणत भएको छ । तसर्थ समाज वदल्नको लागि पहिला आफु वदलिनु पर्दछ अनि घर परिवारलाई वदल्न सक्नु पर्दछ अनि मात्र हामी र हाम्रो गन्तव्य वदलिन सक्छ ।

प्रतिक्रिया दिनुहोस