श्रावण ३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमित संख्या १७ हजार ५०२ जना रहेका छन ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप १०३ जना डिस्चार्ज भएका छन । यो सँगै कूल निको हुनेको संख्या ११ हजार ६३७ पुगेको छ ।