श्रावण ३, भक्तपुर । पुष्पलाल स्मृति प्रतिष्ठानले आज शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । जिल्ला समिति भक्तपुरद्वारा ४२ औं पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रम नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रम प्रतिष्ठानका जिल्ला अध्यक्ष धुर्बराज बिस्टको अध्यक्षता तथा सचिव राजन के सि को संचालन तथा तुल्सीलाल स्मृति स्पोटर्सका सल्लाहकार दिपक थापाको बिशेष सहयोगमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा ७१ जना दाता ले रक्तदान गर्नुभएको थियो ।कार्यक्रम को ब्यवस्थापन पुष्पलाल स्मृति प्रतिष्ठान नगर समिति भक्तपुरले गरेको थियो ।