श्रावण ३, भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का दुई प्रभावशाली संगठनको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा आज पाण्डुबजार स्थित यो यो ब्याक्वैटमा राष्ट्रिय युवा संघ तथा अनेरास्ववियूको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम भइरहेको समयमा बाढिपहिरो तथा अन्य विभिन्न प्रकारका प्राकृतिक प्रकोपको समयमा रगतको अभावमा अकालमा कसैले पनि ज्यान गुमाउनु नपारोस् भनि रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा एक सय १० जनाले रक्तदान गरेका छन् ।
मानविय जीवन रक्षाको लागि जहाँ समस्या, त्यहाँ युवा तथा विद्यार्थी संगठन भन्ने मान्यतालाई आत्मसात् गर्दै गरिएको छ । मुलुकमा हुने कुनै पनि प्रकारको विपत्ती तथा समस्यामा जहिले पनि अग्र भागमा रहेर दृढताका साथ जनताको साथमा रहने दुई संगठनले जनताको समस्यालाई आफ्नो समस्याको रुपमा लिई विगतदेखीनै जहाँ जनतालाई दुख्छ, त्यहाँ युवा तथा विद्यार्थी हाजिर भई पिडाले दुखेको घाउमा मलम लगाउने कार्य निरन्तर रुपमा गर्दै आएका छन् ।
कार्यक्रममा नेकपा भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजा, सचिव डिपी ढकाल, युवा संघका वरिष्ठ नेता किरण पौडेल, रमेश आचार्य, क्षितीज थेवे, असोक चौलागाई, स्थानीय जनप्रतिनिधि, युवा संघ र अनेरास्ववियूका नेता, कार्यकर्ता तथा स्थानीयवासीको उल्लेख्य उपस्थितीमा भब्य रुपमा कार्यक्रम सम्पन्न गरिएको छ ।