• २०८१ चैत्र ३ गते सोमवार

प्रधानमन्त्रीको विरोध गर्ने नेताहरुलाई राजनीतिको मात्र चासो छ तर देश र जनताको लागि खासै चासो देखिँदैन ।’ : राधिका शाक्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण ३, काठमाडौँ । देशको प्रथम महिला प्रधानमन्त्री केपी शर्मा ओलीको श्रीमती राधिका शाक्यले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विभिन्न स्वार्थ बोकेका केही व्यक्तिहरुले षड्यन्त्रमूलक कार्यहरु गरिरहेको उल्लेख गर्दै उक्त षड्यन्त्र सिर्जनात्मकताको लागि नभई विनासको लागि भएको बताउनुभएको छ ।

विभिन्न तुनावुना बनाई पार्टी तथा सरकारलाई असफल बनाउन तल्लीन रहेको उल्लेख गर्दै राजनीति गरेर बुढो भएको दिमाग खियाइए पनि त्यो मुलुकको लागि सकारात्मक भन्दा पनि नकरात्मक दिशामा धकेल्ने प्रयास भएको बताउनुभयो । देशी तथा विदेशी स्वार्थका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा मागिएको उल्लेख गर्दै शाक्यले वर्तमान सरकार देश र जनताको लागि कत्ति पनि विचलित नभई अघि बढ्नेमा दृढ रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तनाव दिनेहरुले रात दिन नभनी कहिले कहाँको मिटिङ, कहिले कहाँको मिटिङ रु कसरी षड्यन्त्र गर्ने रु राजनीति गरेर बुढो भइसक्नुभएका साथै बुढो दिमाग खियाको खियाई गरेको तर त्यो सिजर्नात्मकताको लागि नभई विनासको लागि हो । पार्टी तथा सरकारको बारेमा पछिल्लो समय भएको भनिएको घटनाक्रममा तनाव लिने प्रधानमन्त्री केपी ओलीलाई आक्रमण गर्नेले हो, हामीलाई तनाव छैन । जनताको साथ र सहयोग नै अहिलेको अनिवार्य आवश्यकता हो । त्यो प्रधानमन्त्री ओलीलाई पूर्ण रुपमा रहेको छ ।’

दोस्रो बरियदाका अर्का अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतलाई लक्षीत गर्दै उहाँले भन्नुभयो, ‘बेकारको काममा किन कुदिरहनुभएको हामी अचम्ममा छौं । काम नदिने कुराको पछि लागेर के गर्ने रु जनतालाई राम्रो हुने कुरामा भए कुदाईको अर्थ हुने तर जनताको लागि केही पनि नहुने कुराको पछि लागेर भएको कुदाई औचित्य हिन रहेकोछ ।’

प्रधानमन्त्री तथा आफ्नो परिवारको लागि केही चिन्ताको विषय नभई देश र जनताको नै मुख्य चिन्ता रहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीलाई चिन्ताको विषय नै आजको पुस्तालाई भन्दा पनि भोलिको पुस्ताको विषयमा गम्भिर भई अघि बढिरहनुभएको बताउनुभयो । नेताले बाँसुरी बजाएको कुरालाई महिनौसम्म अनावश्यक चर्चा गर्ने तर बाँसुरीले मनमा हुने शान्तिको कुनै औचित्य नबुझ्ने नेताहरुले अनावश्यक तर्कहरु गरि प्रचारवाजी गरिरहेको उल्लेख गर्दै उहाँले नेतालाई राजनीतिको मात्र चासो भएको तर देश र जनताको लागि खासै चासो नदेखिएको समेत स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओली जस्तो सारा नेपालीलाई माया गर्ने र जनताको मन मुटुको व्यक्ति हो । स्वाद नै थाहा नपाएकालाई के थाहा हुन्छ र मुलुक र समृद्धिको यात्रा के हो भनी ? प्रधानमन्त्रीको विरोध गर्ने नेताहरुलाई राजनीतिको मात्र चासो छ तर देश र जनताको लागि खासै चासो देखिँदैन ।’

प्रतिक्रिया दिनुहोस