• २०८१ जेष्ठ ११ गते शुक्रवार

नेपाल औषधीगत विक्री प्रवन्धक संघको पदस्थापना

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण ३, काठमाडौं । नेपाल औषधीगत विक्री प्रबन्धक संघको पदस्थापना कार्यक्रम आज शनिबार सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष गान्धी प्रसाद शर्माको नेतृत्वमा हालै निर्वाचित समितिका सबै सदस्यहरुले पदभार ग्रहण गरेका हु्न् ।

केन्द्रीय सल्लाहकार समितिका संयोजक नेत्रनाथ पौडेलले निर्वाचित समितिका अध्यक्षदेखि सदस्यहरु सबैलाई पदभार ग्रहण गराएका थिए । कार्यक्रममा सबै सदस्यहरुको उपस्थिति रहेको थियो । पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय अध्यक्ष शर्माले नेपालभरि छरिएर रहेका विभिन्न औषधी कम्पनीहरुमा कार्यरत प्रबन्धकहरुको हकहितका लागि केन्द्रीय समितिले नयाँ कार्यक्रम ल्याउने वताए । साथीहरुको सल्लाह अनुसार, थप कार्यक्रम गर्नेछौं,’ उनले भने,‘विधीवत रुपमा लोकतान्त्रिक प्रक्रियाबाट केन्द्रीय समितिलाई अघि बढाउनेछौं ।’

नयाँ कार्यक्रम अन्तर्गत आजैदेखि अनलाइन प्रणाली मार्फत सदस्य वितरणको काम शुरु भएको छ । यसको उद्घाटन वरिष्ठ सल्लाहकार दिपेश प्रधानले गरेका थिए । प्रधानले सम्पुर्ण कम्पनीमा कार्यरत प्रबन्धकहरुको अभिलेख राख्ने तयारी गरिएको बताए । धनगढीमा नयाँ इकाईको समेत शुभारम्भ गर्ने निर्णय गरिएको अध्यक्ष शर्माले जानकारी गराए । पदस्थापना कार्यक्रममा सबै सदस्यहरुले एकमतका साथ काम गर्ने दृढता जनाएका थिए । नवनिर्वाचित केन्द्रीय समितिमा अध्यक्ष शर्मा सहित निवर्तमान अध्यक्ष सुरजित दत्त , वरिष्ठ उपाध्यक्ष, सुदर्शन जोशी , केन्द्रीय उपाध्यक्ष, माधब प्रसाद सिंह, श्री जयेन्द्र सिंह राठौर, केन्द्रीय महासचिव तेज नारायण श्रेष्ठ, केन्द्रीय उपमहासचिव गोपाल साउद, केन्द्रीय सचिव सुमनराज दहाल , केन्द्रीय कोषाध्यक्ष शालिक राम कंडेल , केन्द्रीय सह–कोषाध्यक्ष नसिब दहाल रहेका छन् ।

त्यसैगरि, केन्द्रीय सदस्यहरुमा बिनोद लाल कर्ण , उज्वल शर्मा रिमाल, वसन्त गौडेल, भुवन पाण्डे, दीपा भण्डारी, कुमार क्षेत्री, नीरज शर्मा, जितेन्द्र वैद्य, जगर नाथ यादव , दिनेश रुवाली , अमर बोलोन रहेका छन् । केन्द्रीय सल्लाहकार संयोजक नेत्र नाथ पौडेल वरिष्ठ सल्लाहकार श्री केदार लाल श्रेष्ठ, दीपेश प्रधान, सल्लाहकारहरु नेत्र लाल गिरी, मुकेश सिरोही , सीता राम जोशी र बिकास दहाल छन् । पदस्थापन कार्यक्रमका लागि शनिबार त्रिपुरेश्वर स्थित केन्द्रीय कार्यालयमा सबै भेला भएका थिए । कार्यक्रममा सबै सदस्यहरु विच शुभकामना आदानप्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस