• २०८१ जेष्ठ ७ गते सोमवार

कैलालीबाट धारिलो हतियारसहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३, कैलाली । कैलालीबाट धारिलो हतियार प्रयोग गरी घाइते बनाइ फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सन्नी नेपाली र दिपेन्द्र भण्डारीलाई पक्राउ गरेको हो ।

शुक्रबार राति धनगढी उपमहानगरपालिका १३ स्थित राजपुर बजारमा धनगढी उपमहानगरपालिका १३ बस्ने निरज भट्ट र गणेश धामीलाई धारिलो हतियार प्रयोग गरेरफरार रहेका उनिहरुलाई प्रहरीले स्थानीय बडहर भन्ने स्थानबाट पक्राउ गरेको हो । प्रहरीले नेपालीको साथबाट १ थान खुकुरी र भण्डारीको साथबाट तरबार बरामद गरेको थियो । उनीहरुले पूर्वरिसिइबीका कारण झैझगडा हुँदा हतियार प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ । अन्य फरार व्यक्तिहरुको समेत खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस