• २०८१ जेष्ठ ३१ गते बिहिवार

गजल “देश र जनताको सम्बन्ध अटुट चाहिन्छ”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

प्रगति पथमा डोराउने राम्रो रुट चाहिन्छ,
देश र जनताको सम्बन्ध अटुट चाहिन्छ।

एउटै झण्डालाई उठाएर आउ जनता हो,
अब त आफ्नै देश लाई ईनपुट चाहिन्छ।

आपसमा फुटेर छैन फाईदा सन्तान को,
देश जोगौन देशवासी एकजुट चाहिन्छ।

देशभक्तिले मात्रै कँहा पुग्छर भावनामा,
अबको राजनीति पनि ता कुट चाहिन्छ।

उन्का कुरा छाड उनी स्वार्थीनै भयपछि,
उनै लाई ता सदै भरी ब्रहमलुट चाहिन्छ।

कहिले सम्म खुसि राख्न सकिन्छ हामी,
छिमेकिलाई नि सदै हाम्रो फुट चाहिन्छ।

प्रतिक्रिया दिनुहोस