• २०८१ जेष्ठ ६ गते आइतवार

उपत्यकामा आज हुने कार्यक्रमहरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण ३, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरु निम्न रहेका छन ।

१.पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समिति भक्तपुरले ४२ औ पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपाका केस ठाकुर गैरेको प्रमुख आतिथ्यतामा खुल्ला रक्तदान कार्यक्रम गर्ने ।
स्थान:-वंशगोपाल चोक,भक्तपुर ।
समय:-७:३० बजे ।

२.राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु जिल्ला कमिटि भक्तपुरको संयुक्त आयोजनामा नेकपाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा खुल्ला रक्तदान कार्यक्रम हुने ।
स्थान:-सुर्यविनायक चोक,भक्तपुर ।
समय:-८:३० बजे ।

३.नेपा:युथ अर्गनाइजेसनको आयोजनामा जनसरोकार समिति खोकना ललितपुरले आयोजना गरेको ऐतिहासिक नगरी खोकना/बुङ्गमति बचाउन धान रोपाइ कार्यक्रममा सहभागी हुन बाङ्गेमुढामा भेला जम्मा भई खोकना जाने ।
स्थान:-बाङ्गेमुढामा भेला जम्मा भई खोकना जाने ।
समय:-९:०० बजे ।

४.जनसरोकार समिति खोकना ललितपुरले सबै बिकासका परियोजनाहरू खोकनाले धान्न सक्दैन भनि ऐतिहासिक नगरी खोकना/बुङ्गमति बचाउन धान रोपाइ कार्यक्रम गर्ने ।
स्थान:-खुदोल फाँट,खोकना ललितपुर ।
सनय:-९:३० बजे ।

५.बृहत आध्यात्मिक परिषद विश्व हिन्दू वौद्ध युवा संघको आयोजनामा नेपाली काङ्ग्रेसका नेता ऋषिकेश जङ्ग शाह लगायतका ब्यक्तिहरूको उपस्थितिमा गोरक्ष एबंम धार्मिक प्रबचन कार्यक्रम हुने ।
स्थान :- मिर्गस्थली पशुपति ।
समय -९:०० बजे यज्ञ १२:०० बजे प्रवचन ।

६.covid-19 enough is enough group मा आबद्ध स्वतन्त्र युवाहरूले १२ बुदे सहमति कार्यन्वयन नगरेको भनि खु्ल्ला सत्याग्रह बस्ने ।
स्थान:-वसन्तपुर ।
समय:-१२:०० बजे ।

७.वीर गोर्खाली अभियानले मजदुरहरु प्रती सरकारको गम्भिर ध्यानाकर्षण नभएको हुँदा दबाब दिन दबाबमूलक कार्यक्रम गर्ने ।
स्थान:-बालकुमारी ललितपुर ।
समय:-१३:०० बजे ।

८.नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने ।
स्थान:-प्रधानमन्त्री निवास,बालुवाटार ।
समय:-१५:०० बजे ।

९.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

१०.निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा असार २५ गते देखि श्रावण १५ गते सम्म सबै प्रदेश,जिल्ला विभागस्तरमा संवद्ध सरोकारवालाहरू बीच अन्तर्क्रिया कार्यक्रम गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

११.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :-देशभर ।
समय : नखुलेको ।

प्रतिक्रिया दिनुहोस