असार ०४ मुगु । नेपाल सरकारले चैत ११ गते बाट लकडाउन गरेको थियो । त्यो समयमा निकै नागरिक लाई सास्ती भएको थियो । विहान बेलुका के खाने के नखाने भन्ने विषयमा स्थानीय अन्यौलमा परेका थिए । कसै लाई त विहान खाए पुग्दैन थियो भने बेलुका खाए विहान पुग्दैन थियो । नेपाल सरकारले लकडाउन अर्थात बन्दाबन्दि गरेको समयमा यहाका नागरिक लाई निकै सकस परेको थियो ।
विहान बेलुका रोजीरोटि गरि खाने स्थानीय लाई त्यो पनि थिएन । बल्ल तल्ल नेपाल सरकारले एक प्रकारको लकडाउन खुकुलो पारे पछि आज भोली दैनिक जसो खाद्यान्न लगायत अन्य लत्ता कपडाहरु स्थानीय व्यापारी र ग्राहक बिच किनमेल भईरहेको छ । लकडाउनको समयभरी धेरै संधै सुनसान रहेको सदरमुकाम गमगढि बजार यति बेला नागरिक , सवारी साधनहरु चल्न सुरु भए पछि चहल पहल बढेको छ । अहिले दैनिक जसो मालवाहक सवारी सहित साना तथा ठुला गाडी ३० गाडी गुड्न थालेको सवारी चालकहरूले बताए । जिल्ला भन्दा बाहिर अध्ययान , रोजगारीको लागि जिल्ला भन्दा बाहिर गएका नागरिकहरु आफ्नो गृह जिल्लामा भित्रिन थाले पछि यति बेला सदरमुकाम लगायत आसपासका गाउहरुमा अहिले होहल्लामय बनेको छ ।
नेपालमा मनसुन सुरु भएसंगै धुलोले बनेको सडक खण्ड अहिले हिलाम्मे बनेको छ । सडक हिलाम्य भएसंगै गाडी आवतजावतमा असहज भएको छ । कतै यात्रुहरुलाई नै ओर्लेर यात्रा गर्ने बाध्यता भएको छायानाथ रारा नगरपालिका वडा नं १३ लुम्सका यात्रु हरिदेवि विश्वकर्माले बताईन । हरेक बर्षको झरीमा सडकमा पहिरो खसी रहन्थ्यो । सडक अबरुद्ध भएर आवातजावतमा असहज भैरहेको छ । बर्षामा हिलो र हिउँदमा धुलो उडेर असहज हुने गरेको मुहार अझै उस्तै भएको विश्वकर्माले दुखेसो पोखिन ।
एकातिर छायानाथ रारा नगरपालिका भित्र पर्ने सडक खण्डका केही स्थानहरुमा ग्रावेल नै भएका छैनन् । सो सडक खण्डमै काहीँ बाटो फराकिलो छ भने कतै गाडी पास हुन नसक्ने भएकाले संघ, प्रदेश, र स्थानिय तहले सडक स्तरोन्नतीमा ध्यान दिनुपर्ने देखिन्छ । यति बेला लकडाउन अनौपचारिक रुपमा खुले पछि कर्णाली राजमार्ग जोड्ने नाग्म गमगढी सडकखण्डमा साना ठुला गरेर दैनिकी १० देखि २० वटा गाडी चल्ले गर्छ्न तर बिश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड–१९ का कारण देश लकडाउनमा भएकाले केही महिना गाडी गुड्न सकेका थिएनन तर नेपाल सरकारले लकडाउनलाई खुकुलो बनाएसंगै गाडी गुढ्न सकेका छ्न । अहिले उक्त सडक खण्डमा सबै गाडी चल्ने गरेका गरेको स्थानीयले बताए ।
यस सडक खण्डमार्फत यात्रुहरु हिमाली जिल्ला डोल्पा , हुम्ला , जुम्ला पुग्न बाटो छोटो परेकाले धेरै जसो मानिसहरू यहि बाटो भएर हिड्ने गरेका छन् । गर्दछ्न । नाग्म गमगढीमा चल्ले गाडीहरु असारदेखि बन्द हुने गर्दछ्न । किनकी बिचमा वर्षाको समयमा अत्याधिक मात्रामा पानी पर्ने हुदा हिलाम्ले गर्दा गाडी बर्षायाममा माथीबाट पहिरो खसेर सडक पुरिएपछि ६ महिनासम्म ठप्प हुने गर्दछ्न ।
गाडीलाई १२ महिना सञ्चालन गर्न स्थानीय तहहरुले स्काभेटरको ब्यबस्था गरी जहाँ बाटो बिग्रेको छ त्यही पुगेरमर्मत गरिदिए स्थानीय सरकारलाई उत्पादन मुखी बन्न मद्दत मिल्ले थियो । बर्षामा पहिरोको जोखिमा पर्ने यश सडकलाई नियमित सञ्चालन गर्न संघ, प्रदेश, स्थानीय तहले बाटोलाई फराकिलो र पक्की हुने कुरामा बढी ध्यानदिनुपर्ने देखिन्छ । अबका दिनहरुमा पहिरोको जोखिममा केही कम हुने बिश्वास गरिएको छ ।