• २०८० फाल्गुन १० गते बिहिवार

बिजुलीकोे पोलबाट खसेर मजदूरको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, कञ्चनपुर। भीमदत्त नगरपालिका–९ खल्लामा विद्युत विस्तारका क्रममा एक मजदूरको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१० सुकासालका २५ वर्षीय रोहित लुहारको बुधबार विद्युत्को पोलबाट खसेर मृत्यु भएको हो ।

विद्युत्का तार जडानका लागि खम्बामा चढेको अवस्थामा अचानक लुहार खसेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरले ब्रह्मदेवदेखि खल्लासम्म विद्युत् लाइन विस्तार गर्न लागेको छ । यो क्षेत्रमा पहिलोपटक विद्युत् लाइन विस्तार गर्न लागिएको हो । मृतक रोहितको शवलाई महाकाली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस