• २०८० फाल्गुन २१ गते सोमवार

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ४ लाख ५१ हजार २ सय ३७

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या साढे ४ लाख ५१ हजार २ सय ३७ जना पुगेको छ । अहिलेसम्म विश्वभर कोरोना संक्रमित संख्या ८३ लाख ९८ हजार नाघेको छ ।

बुधबार मात्रै विश्वभर १ लाख ४१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसैगरी बुधबार विश्वभर एक दिनमा ५ हजार २६४ जनाले ज्यान गुमाएका छन् । विश्वभर सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म ५१ प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । बुधबार मात्रै विश्वभर १ लाख ८ हजारभन्दा बढी मानिस संक्रमुक्त भएको वर्डोमिटर्सको तथ्यांकले देखाएको छ । अहिलेसम्म कोरोनाभाइरसलाई जितेर घर फर्कनेको संख्या ४४ लाख १४ हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस