• २०८२ जेष्ठ २ गते बिहिवार

आजको मौसम : मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुुुुुसार नेपालमा मनसुनी  वायुको प्रभाव रहेको छ जसकाा प्रभावले हाल देशका प्रदेश १, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेश मा पूर्ण बदली र प्रदेश २, बागमती, र गण्डकी प्रदेशहरूमा सामान्य बदली रहेको छ।प्रदेश १ का केहि स्थानहरूमा बर्षा भईरहेको छ।

महाशाखाले बिहिबार दिउँसो प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका  केही स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको संभावना  रहेको जनाएको छ ।

महाशाखाले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै  प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेकोले  ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात  प्रभावित हुने संभावना  रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस