जेठ ५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सत्तामा रहुन्जेल राष्ट्रघाती र भ्रष्टाचारीहरु आज प्रतिपक्षमा हुँदा रातारात राष्ट्रवादी र सदाचारी हुने कुचेष्टा गरेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्दै सांसद बस्नेतले विरोधका नाममा विरोध मात्र गरी समृद्ध नेपाल सुखी नेपालीको अभियानमा बाधक नबन्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो । सरकारले समय सापेक्ष रुपमा नीति तथा कार्यक्रमलाई अघि बढाएको उल्लेख गर्दै उहाँले राम्रो कामलाई पनि नराम्रो भनि प्रचार गर्ने विरोधी नीति त्याग्न समेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रतिपक्षी दलका साथिहरुलाई भन्न चाहन्छु, सत्तामा रहुन्जेल राष्ट्रघाती र भ्रष्टाचारीहरु आज प्रतिपक्षमा हुँदा रातारात राष्ट्रवादी र सदाचारी हुनुभयो । यो कदमलाई तपाईहरुले पुनः विचार गर्न म अनुरोध गर्दछु ।’
सांसद बस्नेतले सरकारको नीति तथा कार्यक्रममा नेपालको अतिक्रमति भूमि फिर्ता गराई नयाँ नक्सा जारी गर्ने ऐतिहासिक निर्णय लिएको बताउनुभयो । भारतले नेपाली भूमि लिपुलेक, लिपिम्याधुरा र कालापानीमा नेपाली भूमि अतिक्रमण गरी ६ महिना अघि आफ्नो नक्सामा समावेश गरी नेपालको भूभागलाई कब्जा गरेको उल्लेख गर्दै उहाँले नयाँ सडक निर्माण गरी उद्घाटन गरीसकेकोमा आक्रोसित व्यक्त गर्नुभयो । सरकारको नीति तथा कार्यक्रमलाई संशोधन कर्ताले बुँदा नं। १ देखी २७६ सम्मका सवै पुर्नलेखन गर्नुपर्छ भन्ने कांग्रेसका नेता डा। मिनेन्द्र रिजाल तथा नेपालको अतिक्रमित भूमि सहितको समेटेर नयाँ नक्सा जारी गर्दा भारतसँग सल्लाह गरेर ल्याउनुपर्छ भन्ने सांसद सरिता गिरी प्रति लक्षीत गर्दै उहाँले राष्ट्रियताको सवालमा काम गर्न सरकारले खुट्टा नकमाउने समेत उद्घोष गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संशोधनकर्ता माननियहरुले सम्पूर्ण नीति तथा कार्यक्रम संशोधन प्रस्ताव गर्नुभयो । जसमा लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहितको नयाँ नक्सा जारी गर्ने कुरा समेत संशोधन गर्नुपर्ने बताउनुभयो । केही माननिय ज्यूले भारतको सहमति विना नेपालको नक्सा बनाउन पाइदैन भन्ने कुरा गर्नुभयो । सरकारको नीति तथा कार्यक्रमको २६९ बुँदा रहेका अतिक्रमण गरेको भूमि फिर्ता गर्ने र सोही अनुसारको नयाँ नक्सा जारी गर्ने कुरा आएको छ । जसले राष्ट्रियताको सन्दर्भमा सरकार व्यवस्थित रुपमा आएको छ ।
सरकारले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०ले नेपालमा २ जनाको मृत्यु, ३६ निको भएका, ३०४ जनामा कोरोना संक्रमण भएको जानकारी गराउँदै उहाँले कोरोना पछि नेपालमा आउने समस्या र चुनौतिहरुलाई सामना गर्ने योजनाका साथ सरकारले नीति तथा कार्यक्रमहरु अघि सारेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कोरोनाका कारणले संसारको आर्थिक वृद्धिदर ऋणात्मक रहेको छ । ७।१ प्रतिशतका दरले हाम्रो आर्थिक वृद्धिदर हुन्छ भनि विश्व बैंकले अनुमान गरेकोमा २।२८ प्रतिशतको दरले मात्र वृद्धिदर हुने स्थिती देखिएको छ । राजश्व ५० प्रतिशतले घटेको छ भने रेमिट्यान्स १ खर्व ३६ अर्वले घटेको छ । यसलाई मध्यनजर गरी सरकारले योजनाबद्ध रुपमा नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । जसले नेपाली जनतालाई कोही भोकै पर्दैनन्, कोही भोकै मर्दैनन् भन्ने कुराको आत्मसात् गराएको छ ।’
पर्यटन व्यवसाय, वैदेशीक रोजगारी धरासायी बन्ने स्थिती भएको साथै विदेशबाट झण्डै १५ लाखभन्दा बढी युवाहरु स्वदेश फर्कने स्थिती रहेको जानकारी गराउँदै उहाँले कोरोना पछि नेपालमा आउन सक्ने समस्या तथा चुनौतिका समग्र कुराहरुलाई सम्बोधन गर्न सरकारले कृषि क्षेत्रमा वैज्ञानिक, यान्त्रीकरण गर्ने विधि सहित पाँच लाख युवाहरुलाई कृषी क्षेत्रमा रोजगारी दिने कुरा अघि सारेको बताउनुभयो ।
बाँझो रहेको कृषि क्षेत्रलाई मात्रै हामीले खेती गर्ने हो भने १३ लाख युवालाई रोजगारी प्रदान गर्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘भारतले दुई खर्वभन्दा बढी रेमिट्यान्स नेपालबाट लाने गरेको, सात लाखभन्दा बढी युवाहरुलाई नेपालमा रोजगारी पाइरहेका छन् । ति युवाहरुले गरेका कामलाई प्राविधिक रुपले सम्बोधन गर्न सक्ने हो भने थप सात लाख युवालाई रोजगारी सिर्जना गर्न सक्छौं । खाद्यान, पशुपालन, निर्माण, उद्योग, साना तथा झौला उद्योगहरुलाई सपोर्ट गर्ने क्षेत्रमा सरकारले ध्यान दिएको छ । सञ्चार उद्योग आज धारासायी हुँदैछ, जसको लागि विभिन्न प्रकारका योजनाहरु ल्याउन सरकारले विशेष ध्यान दिएको छ । सरकारले ४५ वटा उद्योगहरु स्थापना गर्ने योजना अघि सारेको छ । सात वटै प्रदेशमा ठूला ठूला औद्योगीक क्षेत्रको स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको छ ।’
सरकारले कोरोनाको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्दै साना तथा ठूला आयोजनालाई अघि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आएको उल्लेख गर्दै उहाँले रेलमार्ग, पानी जहाज, सुरु मार्ग, स्मार्ट सिटी, प्राणाी उद्यान, दुवाकोटमा वीर अस्पताल, गठ्ठाघरमा आधुनिक सभागृह, तीन सय वटा ठूला पुल बनाउने, मेलम्ची खानेपानी यो वर्ष नै काठमाडौँमा ल्याउने, सडकमा अलपत्र परेका मानव रहित बनाउने, कोही नागरिक भोकै पर्दैनन्, भोकै मर्दैनन् भन्ने नीति लिएको, खुल्ला दिशामुक्त, सरसफाई युक्त मुलुक बनाउने योजना अघि बढाएको जानकारी गराउनुभयो ।
नीति तथा कार्यक्रमको सार पक्षको कुरा नबुझि सानो कुरालाई ठूलो बनाउन उहाँले आग्रह समेत गर्नुभयो । मुलुकको विकास र समृद्धिको मेरुदण्डको रुपमा रहेको जलविद्युत रहेको उल्लेख गर्दै उहाँले १० वर्षभित्रमा १५ हजार मेगावट विद्युत उत्पादन गरी विदेशमा निर्यात गर्ने गरी सरकारले काम अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लप्सीफेदी–रातामाटे चार सय केभीको अन्तरदेशीय प्रशारण लाईन निर्माणको कुरालाई कतिपय माननिय ज्यू, हरुले एमसीसी कार्यन्वयन गर्दा पनि नगर्दा पनि यो नेपालको आवश्यकता हो र यसलाई बनाउनुपर्छ भन्ने सरकारको संकल्प हो ।’