• २०८२ जेष्ठ ७ गते मङ्गलवार

नेता डा. रावल भन्छन कोरोना भाइरस र भारत उस्तै हुन् (भिडीयो सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ ५, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वउपप्रधानमन्त्री डा। भिम रावलले विश्वमा महामारिको रुपमा रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) र छिमेकी मुलुक भारतसँग नेपाल सरकार विशेष रुपमा सचेत हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाका नेपाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज आफ्नो धारणा राख्दै नेता डा। रावलले कोरोनासँग जोगिएजस्तै भारतसँग पनि राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, अखण्डतालगायत जोगिनु पर्नेमा जोड दिनुभएको छ । कालापानी, लिम्पियाधुरा तथा लिपुलेकबाट भारतीय सेना हट्नुपर्नेमा जोड दिँदै उहाँले हालै भारतले एकलैटी रुपमा निर्माण गरेको नेपाली भूमि कालापानी हुँदै मानसरोवर सम्म पुग्ने सडक निन्दनीय रहेको बताउनुभयो ।

कालापानी, लिपुलेक तथा लिम्पियाधुरा सहित समेटेको नक्सा चाडो भन्दा चाँडो सार्वजनिक गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै उहाँले नेपाल स्वाधिन राष्ट्रको रुपमा नरही विकास निर्माणलाई अघि बढाउन जटिल हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा निरंकुश शासकहरुले थोपरेका इतिहासका अनेक कालखण्डमा बाध्यात्मक रुपमा नचाहँदा नचाहँदै सामाना गर्नुपरेका हाम्रो स्वतन्त्रता तथा स्वधिनतामा आँच पुर्याउने कुनै पनि कुराहरुलाई क्रमशः समाप्त गरेर अघि बढ्ने दृढता सरकारको नीति तथा कार्यक्रममा नै प्रस्तुत हुने स्वागतयोग्य रहेको छ ।’

कुनै पनि पैसामा मुलुकलाई आँच पुर्याउने सम्झौता पैसामा साट्न नमिल्ने बताउँदै उहाँले महाकाली सन्धीमा नेपाली कांग्रेसले तत्काल पास गर्न दवावपूर्ण कार्य गरेको प्रति लक्षीत गर्दै उहाँले भन्नुभयो, ‘एमसीसी पछाडिको ढोकाबाट आउन खोजे जस्तो देखिएको छ । एक जना कांग्रेसका नेताले भन्नुभयो, यो छिटो पास गर्नुपर्छ । उहाँले महाकालीको सन्धीमा पनि त्यस्तै कुरा गर्नुभएको थियो । महाकाली सन्धी १०÷१० वर्षमा पुनरावलोकन हुनुपर्छ भन्ने भएता पनि हालसम्म न कार्यान्वयन भयो, न पुनरावलोकन नै भयो ।’

 

प्रतिक्रिया दिनुहोस