• २०८२ बैशाख ६ गते शनिवार

आजको मौसम : एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौं । आज दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एकरदुई स्थानमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहेको देखिन्छ। जसका प्रभावले देशको पहाडी भू-भागका केहि स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।

महाशाखाले देशको अधिकाशं भू-भागहरुमा तापक्रम बढने र तराईका भू-भागहरुमा अत्यधिक गर्मिको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस