• २०८१ पुष २९ गते सोमवार

तारकेश्वरमा प्रहरी र जनप्रतिनिधि सगसगै सडकमा

खिम राज गिरी पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ६, काठमाडौं । सरकारले देशभरी लकडाउन गरेको यस्तो समयमा कोरोना भाइरसबाट जोगिनको लागि उत्तम उपाए भनेको घरभित्र बस्ने , सामाजिक दुरी कायम राख्ने , नौलो र बिदेसबाट आएका मानिसहरु छन भने क्वारेन्टाइनमा बस्न लगाउन प्रशासनलाइ सहयोग गर्ने नै हो ।

देशभर स्वास्थ्यसग सम्बन्धित ब्यक्तिहरु, सुरक्षाकर्मी, जनप्रतिनिधि लगायत विभिन्न क्षेत्रमा कार्यरत समाजसेवीहरुले आ आफ्नो क्षेत्रबाट सहयोग गरिराखे बमोजिम तारकेश्वर नगरपालिकामा पनि सो सम्बन्धित प्रयत्न भइरहेको छ । अनाबस्यक मानिसहरुको आवत जावतलाइ मध्यनजर राख्दै अहिले समय समयमा तारकेश्वर न पा का सडकहरुमा प्रहरी र जनप्रतिनिधिहरुले निगरानी बढाइरहेको अबस्था छ । अन्य क्षेत्रको तुलनामा यस न पा मा गत बिहिवारदेखि मानिसको आवत जावतमा निकै कडाइ गरिएको छ । नगरपालिका बाट परिपत्र नै जारी गरी खाध्यान्न पसल पनि बिहान ०५ बजेबाट ०८ बजेसम्म मात्र खुला गर्न अनुमति दिइएको छ । तर अत्याबश्यक कामको लागि आवत जावत गर्ने मानिसको लागि भने वास्तबिकता बुझी छोडिएको छ ।

प्रहरी, जनप्रतिनिधिलगायत नागरिक समाजका अन्य ब्यक्तिहरुको निगरानी हुदा हुदैपनि जानी जानी केही काम नभएपनि भिड जम्मा गरि गफ चुट्ने ब्यक्तिहरुको कारणले गर्दा गन्तब्यमा पुग्नुपर्ने सहि ब्यक्तिलाइ भने मर्का परेको हुनसक्छ । त्यसैले अझ बुझ्नुपर्ने र सावधानी अप्नाउनुपर्ने कुरा के छ भने खाध्यान्न पसलको लागि निस्चित दुई तीन घन्टाको समय दिइदा पसलमा झन भिड भाड देखिने र यसमा झन असुरक्षित महशुस भएको भन्ने जनगुनासो अन्य नगरपालिकामा पनि आएकोले यसको समय केही लम्बिन गयो भने भिड भाड पनि कम हुन्छ र पसलमा सामान बिक्री बितरण गर्दा पनि नहडबडाइ सामाजिक दुरी कायम राख्दै दिनको लागि सहज हुने भएकोले यसप्रति सम्बन्धित निकाएको ध्यान जान जरुरी छ । लकडाउनको आदेशलाइ पुर्णरुपमा पालना गर्ने कर्तब्य नागरिकहरुको हो भने नागरिकहरुको पिरमर्का बुझ्नुपर्ने दायित्व पनि जनप्रतिनिधिको हो ।

प्रतिक्रिया दिनुहोस