• २०८२ जेष्ठ २ गते बिहिवार

पैसा फालेर त्रास फैलाउने २ महिलाहरु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, जनकपुर । जनकपुरमा सडकमा पैसा फालेर त्रास फैलाएको आरोपमा दुई महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउसो प्रहरीले जनकपुरको धाम उपमहानगरपालिका ७ जानकी नगरबाट ती महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । नातामा उनीहरू नन्द-भाउजू हुन् । जनकपुरधाम उपमहानगरपालिका ६ को महावीर चोकको बाटोमा उनिहरुले शुक्रबार नेपाली रूपैयाँ छरेर फरार भएका थिए। शुक्रवार दिउँसो करिब एकबजे तिर उनिहरुले १० रुपैयाँको नोटहरु छरेर भागे पछि स्थानीय त्रसित बनेका थिए।

स्थानीयले खबर गरे लगतै धनुषा प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। घटनाको २४ घण्टामै उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको हो। प्रहरीले नजिकै रहेको एक घरको सीसीटिभी फुटेजको सहयोगले अनुसन्धान थालेको र आज ति दुई महिलालाई नियंत्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस