• २०८० असोज ५ गते शुक्रवार

दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६ काठमाडौं । कोरोना संक्रमण पोजेटिभ देखिएको दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।

काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस