• २०८१ पुष २९ गते सोमवार

लकडाउनमा कडारुपमा प्रस्तुत भयो तारकेश्वर नगरपालिका

खिम राज गिरी पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, काठमाडौं । काठमाडौंको उत्तरी भेगमा अबस्थित तारकेश्वर नगरपालिकामा आजबाट नागरिक हिडडुल गर्नको लागि अत्यन्तै कडा गरिएको छ ।

तारकेश्वर नगरपालिका आफैमा नुवाकोटसग जोडिएको र लामो दुरीका पैदल यात्रुहरुको आवत जावत बढि हुने र कालिमाटी तरकारी बजारमा तरकारी पुर्याउने निहुले पनि सवारी साधनको चाप बढि नै हुने भएको र केही स्थानहरुमा शन्कास्पद ब्यक्तिहरुको बसाइ रहेकोले पनि सजगताको लागि ठाउँ ठाउमा सवारी आवागन तथा शन्कास्पद पैदल यात्रुहरुलाइ रोक्नको लागि प्राय टोलका मानिसहरु आफै सजग भइ यस कार्यमा प्रहरीलाइ सहयोग गरिराखेका छन ।

यसै अनुरुप तारकेस्वर नगरपालिकाले नगरबासीका नाममा एक बिग्यप्ती जारी गरि अत्याबस्यक कामबाहेक बाहिर ननिस्कने, औषधि पसलबाहेक खाद्यान्न पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाउने, ठेला गाढा पनि हिडडुल गर्न नपाउने भनि उल्लेख गरिएको छ । यसैनुरुप नागरिक समाज, जनप्रतिधि र विभिन्न दलका नेताहरुसग पनि सहयोगको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस