हामी नेपालीहरुको जस्तै मानसिकता भएको भए सायद चीन इटलि जस्तै बिलखबन्दनमा पर्थ्योहोला र ? चीनमा केवल एउटा सिजिङपिङले मात्र कोरोना उपचारमा सफलता हासिल गर्न संभव थिएन। जनस्तरबाट, विपक्षी दलहरुदेखि सम्पुर्ण शक्ति एक जुट भएर नै आज चीनले कोरोनामाथि बिजय हासिल गरेको छ ! नया भाइरसको उत्पत्ति भएको थियो, औषधि उपचार केन्द्र र अनुसन्धान जस्ता हरेक विषय जटिल थिए तर राता रात हष्पिटल, औषधि र उपचारमा सिङगो चिन जुट्यो र सफलता हासिल गर्यो , न त कसैसग सहयोग माग्यो बरु आफै सफल भयो र आज विश्वलाई नै निशुल्क र केही स्वास्थ्य सामान बिक्रि गर्दैछ सन्सारलाइ ।
यहि नै थियो चीनको बैज्ञानिक प्रविधि र आविष्कार अनि चीनिया जनताको एकताको नारा र अनुशासनको कारणले मात्र सफल भएको नया ईतिहास बनाउनतिर प्रयत्न रह्यो चीन ! तर हाम्रो नेपालमा भने जब दैविक प्रकोप पर्छ तब जनस्तरदेखि दलहरु संपुर्ण संयत्रहरु धोती र टोपी फुकाल्दै सरकार फेर वदलका लागि सडक, सदन र सन्जाल तताउन लाग्दछन ! समस्या समाधान तर्फ होईन कतिले कालो वजारी गर्दा पनि पक्डिदा बिरोध आउँछ, कसैले दारु पिउन र तास खेल्न नपायर समस्या ल्याउछन त्यसले लाग्छ यो सायद सतिले सरापेको देश हो वा झरिच्याउहरु जस्तै उम्रिएका दलहरु र युरो डलर भारुको उपहार हो बुझ्नै सकिएन।
यो पनि हामीले भुल्न हुदैन कि कोरोना उपचारमा राहतदेखि उद्दार र स्वास्थ्य सामाग्री उपलब्ध गराउने कुराहरुदेखि अन्य विभिन्न समस्या समाधानमा जनस्तरदेखि सरकार स्वदेश तथा विदेशसम्म रहेका आफ्ना नागरिकहरुलाई राहत उद्दार तथा उपचारका लागि जनस्तरदेखि संपुर्ण संयन्त्रहरु अहोरात्र खटि रहेका पनि छन भने यतातिर अवसरबादीहरु माैकामा चाैका हान्दै नवीन विक, सुलभ जस्तालाई हतियारको पासो बनाइराखेका छन । अनि समाज सेवा र राजनीतिमा उच्चस्तरमा नाम आउने संघ सस्था, व्यक्ति, समाज र दलहरुका नेताहरु भने सरकार र राज्य असफल वनाउन रात दिन दाैडिरहेका पनि छन । यो हामी सवैलाई सर्वविदीत नै छ।
सरकारले दिएको राहत वितरणमा पनि दलीय स्वार्थ पुर्ति भएका घटनाहरु पनि आईरहेका छन भने राहतको नाममा सेल्फि खिच्नेहरु र कालाबजारीहरु नहुने त झन कुरै भएन।यस्तो विपतको समयमा हामिले माैकामा चाैका हान्नेकि समाधान खोज्ने हामी यसरी विफल हुदैछाै। इटलि शहर र सडकमा फालेका पैशाका तस्विर हरु हेर्दै हामिले कालो वजारि र सरकार असफल वनाउने षडयन्त्र गर्दैछाै तर कोरोनाले धनी गरिव मजदुर र सरकार प्रतिपक्षदल भनेर न छुट्टाउदो रहेछ भनने कुरा इटलि देखि पाठ सिकेनाै हामिले अब कहिले सिक्ने? यदि सरकार फेरवदल र नाै नाै महिने सरकार नै सफलता र समृद्धि हो भने राजा फाले जस्तै यो सरकार पनि आजै फालाै । विभिन्न कोण बाट सरकार र राज्य लाई असफल वनाउने खेल प्रति न लागाै ।हामी लाई सफलताको सिडि चढने सपना देख्नुछ प्रयास गर्नु छ स्वतन्त्र राष्ट्र नेपाल लाई विदेशिको गुलाम वनाउनु छैन कहिले जातिय धार्मिक र भाषिय नारा दियर नेपाली एकता लाई सिरिया वनाउनु छैन यदि जातिय धार्मिक भाषिक नारा उठ्यो भने उठाउने लाई पनि जलाउने छ।
सरकार सुरक्षा वल चिकित्सक सहयोगमा अहोरात्र खटिरहेका हरेक सहयोगि पक्ष्य लाई सहयोग र प्रोत्साहन गराै उनिहरुले आफ्नो ज्यान परिवारको भविष्य खतरामा पुराउदै हाम्रो उपचार र सहयोग गरिरहेका छन उहाँ हरु लाई नेपाल कम्युनिस्ट पार्टी नेकपा र स्वयम् मेरा तर्फ देखि हार्दिक बधाई तथा स्वागत छ। एकतामा जुटाै अनेकतामा जुटेर असफल नवनाउ यहि छ मेरो संपुर्णमा अनुरोध ।
लेखक नेपाल कम्युनिस्ट पार्टी कपिलबस्तुमा आबद्ध हुनुहुन्छ ।