• २०८२ जेष्ठ ४ गते शनिवार

वन्यजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउन डब्ल्यूएचओद्वारा अपील

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउन सबै देशहरुलाई अपील गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् ।

चीनको वुहान शहरस्थित जंगली जनावर र पंक्षीहरुको खरिदबिक्री हुने बजारबाट कोरोना भाइरस फैलिन सुरु गरेको थियो । डब्ल्यूएचओका प्रमुख टेड्रोसले भनेका छन्, ‘जीवित जनावरको बिक्री हुने बजारलाई फेरि तबमात्र खोल्न अनुमति दिनुपर्छ, जब भोजन र स्वच्छताका सबै मानक कडाइका साथ पालना हुन्छ ।’

टेड्रोसले पशुपंक्षी बजार लाखौं जनताको भोजनको एक महत्वपूर्ण स्रोत भए पनि अधिकांश क्षेत्रमा स्वच्छताको अभाव रहेको बताएका छन् ।साथै डब्लुएचओले जनावरबाट मानिसमा सर्ने भाइरस रोकथामका लागि एक उपयुक्त उपायको खोजी गरिरहेको पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस