• २०८० फाल्गुन १० गते बिहिवार

नक्कली लेटरप्याड तथा छाप सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, भक्तपुर । मध्यपुर ठिमी नगरपालिका(५ राधेराधेबाट विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका(७ हात्तीगौंडा बस्ने ५० वर्षीय गोपाल बहादुर पुर्कुटीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपाल मजदुर किसान पार्टीको नाममा नक्कली लेटरप्याड तथा छाप समेत बनाई चन्दा असुली गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले बिभिन्न पार्टी, संस्था र क्लवहरूको रबर स्ट्याम्प ७ थान, लेटरप्याडहरू, नगदी रसिद ११ थान, पेनड्राईभ १ थान र सिमकार्ड ३ थान समेत बरामद गरी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस